site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं उपत्यकालगायत देशका ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञासम्बन्धी सूचनामा स्थानीय प्रशासनले ‘थप कडाइ’ गरिने जनाएको छ । सायद, प्रशासनसँग सजिलै कार्यान्वयन गर्न सकिने अर्को उपाय पनि छैन । 

प्रशासनको यो कडाइको मार भने दिनहुँ कमाएर छाक टार्ने मजदुरमाथि बढी परेको छ । शारीरिक श्रम गरेर पेट पाल्नेहरू महामारीको बढी जोखिममा त छन् नै भोकले नै उनीहरूको प्राण लिने जोखिम बढ्दै छ ।  

मनकारी स्वयंसेवीहरू फाट्टफुट्ट सामान्य श्रमिकको सहायतामा जुटेका समाचार सार्वजनिक भइरहेको छ । तर, परोपकारी प्रयासले मात्र देशभरका गरिबहरूको लामो समयसम्म गर्जो टार्न सकिँदैन । सरकार भने तिनको अवस्थाप्रति उदासीन देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले समय छँदै सक्रियता त परै जाओस् आवश्यक चासो नै देखाएन । ‘समाजवादी’ देखिन खोज्ने पाखण्डले सरकारले सामाजिक संस्थाहरूलाई अगाडि सर्न निरुत्साहित गरिरह्यो । यसैले राज्यका सरकारी तथा गैरसरकारी दुवै क्षेत्र महामारीको सामना गर्ने तयारीमा लाग्नसकेनन् । 

गएको वर्ष सरकार चलाउनेहरूले निषेध, अकर्मण्यता, अनियमितता र  अहङ्कार प्रदर्शनमै  खेर फालिदिए । महामारीभन्दा पहिले नै थालिएको सत्ता लुछाचुँडीको ङ्यारङुर दोस्रो लहरसँगै चरममा पुग्यो । 

Global Ime bank

गएको हिउँदमा राजनीतिक दलहरू विशेषगरी सत्तारुढ दलका नेताहरू देशभर भौतिक र अनैतिक सङ्क्रमण फैलाउनमा लागे । कतिसम्म भयो भने सरकारले निषेधाज्ञा जारी गरेर २५ जनाभन्दा बढी भेला नहुने उर्दी गरिसकेपछि पनि प्रधानमन्त्री, मन्त्रीहरू भिड जम्मा गरेर तमासा देखाउँदै थिए ।

फलस्वरूप, देश भयावह अवस्थामा  पुग्यो । दुर्भाग्य, राजनीतिक नेतृत्व भने सत्ताको ‘झिँगे दाउ’ मा व्यस्त रह्यो । नेपालकै शासकको अहङ्कारबाट प्रताडित नेपाली जनताले छिमेकी भारतका शासकको दम्भको मार पनि सहन अभिशप्त भए । 

महामारीबाट पूरै जोगाउन नसके यसको कहर कम गराउन - कडा बन्देज नलगाउने तर स्वास्थ्य सुविधा पर्याप्त र सीमा नियमन प्रभावकारी बनाउने । अर्को, कडा बन्देज लगाउने तर दिनहुँ कमाएर छाक टार्नेहरूका लागि घर बाहिर ननिस्के पनि भोकै बस्न नपर्ने प्रबन्ध मिलाउने । 

सायद अझै पनि  यी उपायहरू प्रभावकारी हुनसक्छन्  । स्वास्थ्य सुविधा तयार गर्न समय चाहिन्छ । यसैले अब खुकुलो उपायका लागि सायद समय छैन । त्यसको विकल्प सङ्क्रमणको कडी टुटाउन कडा बन्देज लगाउनुमात्र देखिन्छ ।

बन्देज कडा वा खुकुलो जस्तो लगाए पनि नियम गरिबमारा बनाउनु भएन । ठूला एअरकन्डिसन्ड पसलहरूमा ठेलमठेल गर्न दिने तर ठेलामा किनबेच गर्न नदिने नियमले सङ्क्रमण नियन्त्रण गर्न सहयोग गर्ने तर्क मूर्खतापूर्ण पाखण्ड हो । 

कार्यान्वयन गर्न सजिलो उपायमात्र रोज्ने प्रवृत्ति छाडेर प्रशासन र स्थानीय तहले गरिबहरूलाई खोजेर सहयोग गर्ने र बन्देजका नियम कडाइसाथ पालना गराउने हो भने सायद यस महामारीको सामना गर्न सकिनेछ । विपत्तिमा ‘हिरा’ त फोर्नु भन्छन् । राज्यको ढुकुटीमा सञ्चित रकम नागरिकको जीवन जोगाउन खर्च गर्दा देशको अहित पक्कै हुँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC