site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘राज्यको अनुदार नीतिले समस्यालाई झन बल्झायो’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राज्यको अनुदार नीतिले अक्सिजन अभावको समस्या झन बल्झाएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको भन्त्दै अस्पतालले अवस्था यस्तै रहे अकल्पनीय घटना घट्ने जनाएको छ ।
 
“वर्तमान असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनि हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ,” अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ, “राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ । तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।”

अक्सिजन लगायत अन्य स्वास्थ्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नदिने भन्दै अस्पतालले स्थिति काबु बाहिर नजाओस् भनि प्रयत्नशील रहेको जनाएको छ । 

“यो समय बाँच्ने र बचाउने समय हो । हामी नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईंमा अत्यन्त सुझबुझ र विवेकशील भै आ–आफ्नो दायित्व निर्वाह गरिदिनुहुन आह्वान गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC