site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपको एक करोड सहयोग
Sarbottam CementSarbottam Cement

 काठमाडौ । गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारको लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई एक करोड सहयोग हस्तान्तरण गरे ।

उक्त सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्नेछ । साथै स्वास्थ्यकर्मीहरुले दिने सेवा सहज बनाउन र आवश्यक बेडहरुको संख्या बढाउनेलगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उक्त सहयोग उपयोग हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

देश विषम परिस्थितिबाट गुज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले सबैलाई अफ्ठ्यारोमा पारेको गेल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए ।

ग्रुपले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेको उनले बताए । 

Global Ime bank

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा गु्रपले  विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेकोे सहयोग समय सापेक्ष भएको बताए । उक्त सहयोगले फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC