site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोसी अस्पतालमा भेन्टिलेटरसहितको ६१ बेडको कोरोना वार्ड 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । कोसी अस्पतालमा ६१ बेडसहितको नयाँ कोभिड उपचार वार्ड निर्माणले गति लिएको छ । एक साताभित्र संचालन भइसक्ने गरी अस्पतालले पूर्वाधार जडान गर्ने र थप्ने काम शुरु गरेको हो । 

विराटनगरमा कडा लक्षण भएका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप सेवा दिन कोसी अस्पतालले कोभिड वार्ड शुरु गर्न लागेको हो । अस्पताल परिसर भित्रकै भवनमा पाँचवटा भेन्टिलेटरसहितको आईसीयू, २४ बेडको एचडीयू, ३२ अक्सिजनको सहितको शैया रहने बताइएको छ । अस्पतलाका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले भने, “मेडिकल वार्ड र ग्राउण्ड फ्लोरको पोस्टनाटल वार्डलाई कोभिड उपचार गर्ने वार्डको रुपमा संचालन गर्न लागेका हौं ।” दासले यहाँ लक्ष्यणसहितका बिरामीलाई मात्र भर्ना गर्ने योजना रहेको सुनाए ।
 
दासका अनुसार मेडिकल वार्डका चार कोठामा अक्सिजनसहितका बेड राख्ने, सीसी टिभी जडान गर्ने, विद्युत् वायरिङ गर्नेलगायत काम भइरहेको छ । उपकरणहरु संघीय सरकारले पठाइदिएको र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली भने कोसी अस्पतालले नै परिचालन गर्नेछ ।
 
अस्पतालमा भइरहेको कामको निरीक्षण विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलगायत टोलीले गरेको छ । पराजुलीले भने, “संक्रमितको संख्या अधिक बढेकोले अब स्वास्थ्य सेवा थप नगरिए संकट आउने देखिएकोले कोसीमा पनि कोरोना उपचार शुरु गर्न लागिएको हो ।” पराजुलीले विगत जस्तै अस्पताललाई महानगरको सहयोग रहने बताए । यसअघि प्रदेश सरकारले नेशनल ट्रेडिङको भवनमा कोसी कोभिड–१९ उपचार केन्द्र संचालन गरेको थियो । तर, मर्मत गर्ने भन्दै अहिले बन्द गरिएको छ । त्यहीँ रहेको नागरिक केयर सेन्टरमा संक्रमित भरिभराउ छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC