site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्रै १,३५४ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना संक्रमणका कारण देशभर मृत्युदर बढ्दै गएको छ । संक्रमितको संख्या पनि दैनिक उच्च हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ३५४ जनाले ज्यान गुमाए ।

Agni Group

कोरोनाका कारण काठमाडौंमा मात्रै ९१३ जनाको मृत्यु भएको छ । भक्तपुरमा १८८ र ललितपुरमा २५३ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हालसम्म एक लाख ५० हजार ५५० जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक लाख २० हजार ४९३ जना निको भइसकेका छन् । काठमाडौंमा २९ हजार १४४ सक्रिय संक्रमित छन् ।

Global Ime bank

भक्तपुरमा कुल १४ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार २८७ जना कोरोनामुक्त भएका छन् । यहाँ सक्रिय संक्रमितको संख्या चार हजार ५१९ रहेको छ ।

यस्तै, ललितपुरमा हालसम्म २५ हजार ३९८ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १८ हजार ५८३ जना निको भएका छन् । ललितपुरमा ६ हजार ५५९ सक्रिय संक्रमित छन् ।

देशभर कुल कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ । त्यसमध्ये तीन लाख १२ हजार १९ जना कोरोनामुक्त भइसकेका छन् । मन्त्रालयको पछिल्लो तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार आठ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC