site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै उच्च
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ संक्रमणका कारण हालसम्मकै धेरै मानिसको ज्यान गएको छ । बुधबार सार्वजनिक आँकडाअनुसार एकैदिन चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसअघि, मंगलबारको तथ्यांकानुसार एकैदिन चार हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । त्यसमध्ये करिब ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मृतकको संख्या बढिरहँदा दैनिक संक्रमितको संख्या भने ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।

बुधबार यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार कोरोना संक्रमणमुक्त हुने दर ८०.०४ प्रतिशत रहेको छ भने ३७ लाख चार हजार ९९ सक्रिय संक्रमित रहेका छन् ।

Global Ime bank

महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, राजस्थान, छत्तिसगढ, बिहार, गुजरात, मध्यप्रदेश, तेलंगनालगायत १८ राज्यमा दैनिक संक्रमितको संख्यामा लगातार कमी आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC