site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

चितवन । भरतपुर अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दै छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पु¥याउन लागिएको हो । हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्ट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्टयाइने भएको छ । अन्य बिरामीका लागि पोस्टअपमा व्यवस्थापन गरिँदै छ ।

Agni Group

३५ शय्याको अब्जर्वेसन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ ।

यसैगरी, अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइन्जिनियर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिए । १०८ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै, २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीनजना नयाँ लिइएको अस्पतालले जनाएको छ ।

Global Ime bank

चितवनका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिककक्षमा रहेका देखिन्छन् । जिल्लाका अस्पतालमा अहिले ४३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये २४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयूमा ६३ र आइसोलेसनमा १२७ जना रहेका छन् ।

जिल्लामा हालसम्म १० हजार १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय संक्रमित दुई हजार ९०९ रहेका छन् । सक्रिय संक्रमित २०० अस्पतालको आइससोलेसनमा र दुई हजार ७०९ होम आइसोलेसनमा छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार १४५ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् भने  १४५ को मृत्यु भएको छ । जिल्लामा भेटिएका संक्रमितमध्ये चार हजार ३६७ महिला र पाँच हजार ८२७ पुरुष रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC