site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युनाइटेड लेस्टरसँग पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन लुक थोमस र काग्लर सोयुन्चुले एक/एक गोल गरे । युनाइटेडका मासन ग्रीनउडले एक गोल फर्काए ।

Agni Group

लेस्टरका लागि थोमसले १०औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा ग्रीनउडले घरेलु टोली युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरी खेलेको लेस्टरले दोस्रो हाफमा एक गोल गरेको हो । ६६औँ मिनेटमा सोयुन्चुले गोल गर्दै लेस्टरलाई २–१ को जित दिलाए ।

युनाइटेडको यस हारसँगै म्यानचेस्टर सिटीले लिगको उपाधि जितेको छ । युनाइटेड सिटीभन्दा १० अंकले पछाडि रहेको छ । युनाइटेडको ७० र सिटीको ८० अंक छ । लेस्टर ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC