site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा आइसोलेसनको अभाव, पुरानैले आलटाल गर्दै स्थानीय तह
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले काठमाडौं उपत्यकामा कडाइका साथ निषेधाज्ञा जारी गरेको छ । तर, संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । अर्कोतिर संक्रमितले आइसोलेसन पाउन नसकिरहेको अवस्था छ । सक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका स्थानीय तहले आइसोलेसन क्षमता बढाउन सकेका छैनन् । अहिले बिरामीलाई पुरानै आइसोलेसनमा राख्ने गरिएको छ । 

यद्यपि उनीहरू आइसोलेसनका लागि अस्पतालहरूसँग छलफल गरिरहेको बताइरहेका छन् । 

१५ बेडसम्मका अस्पतालसँग स्थानीय तहले सम्झौता गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका भएपनि संक्रमितलाई आइसोलेसन व्यवस्था गर्न हम्यहम्य परिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगर पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम अस्पतालसँग सम्झौता गरेर आइसोलेसनको समस्या समाधान नहुने बताउँछ । स्थानीय तहले पोहोर सालको कोरोना कहरबाट पाठ सिकेर पूर्व तयारीमा ध्यान नदिएकाले अहिले अवस्था आएको हो । कोरोना महामारी सोचेभन्दा बाहिर जाँदा आइसोलेसन व्यवस्थापनमा समस्या देखिएको स्थानीय तह आफैँ स्वीकार्छन् ।

गोकर्णेश्वर नगरपालिका 
काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई पनि आइसोलेसन व्यवस्थापन गर्न हम्यहम्य परिहेको छ । नगरपालिकाका मेयर सन्तोष चालिसे एकसय शैयाको मिनी आइसोलेसन बनाउने तयारीमा जुटेको बताउँछन् । उनकाअनुसार पहिलो पटकको संक्रमणमा वडा नं ४ मा बनाएको ५० शैयाको आइसोलेसनलाई थप व्यवस्थित बनाइने छ । 

Global Ime bank

‘‘यी आइसोलेसनको काम सुरु भइसकेको छ । आइसोलेसन व्यवस्थित भइसकेपछि तुरुन्तै सञ्चालमा ल्याउँछौँ । त्यसपछि नगरभित्रका संक्रमितलाई सहज हुनेछ,” मेयर चालिसेले भने । 

कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाले पनि पहिलो चरणमै बनाइएका आइसोलेसनले काम चलाइरहेका छन् । 

मध्यपुर थिमि नगरपालिका
भक्तपुरमा अहिले भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री अस्वतालमा मात्रै संक्रमितको उपचार भइरहेको छ । भक्तपुर अस्पतालका ६ शैया र नेपाल कोरियामैत्री अस्पतालका ९ शैया पुरै संक्रमितले भरिएका छन् ।

संक्रमणदर बढ्दै जाँदा बिरामीले पालो कुरेर बस्नुपरिरहेको परेको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए । ‘‘अक्सिजन र आइसोलेसन खोज्दा खोज्दै होम आइसोलेसनमै ज्यान गएको छ । अहिले हाम्रो ध्यान आइसोलेसन व्यवस्थापनमा केन्द्रित भएको छ,” श्रेष्ठले भने, ‘‘अब छिट्टै आइसोलेसन सञ्चालन गर्न भवन र जनशक्ति खोजी गरेर सञ्चालनमा ल्याउनेछौँ । अहिले यसकै छलफल भइरहेको छ ।”

काठमाडौं महानगरपालिका
स्थानीय तहले अहिलेसम्म आइसोलेसन तयार नगर्दा र बिरामी होम आइसोलेसनमै बस्न बाध्य छन् । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले महानगरवासी आफैँ सचेत हुनुपर्ने भन्दै अपिलबाहेक केही गरेको देखिदैन । उनी कामभन्दा पनि अपिल गर्नमा व्यस्त छन् । कहिले प्लाज्मा दानका लागि त कहिले घरभित्रै बस्न भन्नेबाहेक उनले खासै उल्लेखनीय काम गरेका छैनन् ।

अर्कोतिर महानगरका मेयर र उपमेयरदेखि कर्मचारीबीचको ‘द्वन्द्व’ का कारण प्रभावकारी रूपमा काम हु्न सकेको छैन । जसको प्रत्यक्ष असर नगरवासीलाई परिरहेको छ 

‘‘हामीले अस्पतालहरूसँग सम्झौता गर्ने चरणमा छौँ,” काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य विभागका हरिबहादुर कुँवरले भने, ‘‘हामीले गोर्खा अस्पताल क्षेत्रपाटी, आयुर्वेदिक अस्पताल क्षेत्रपाटी, भृकृटीमण्डपको रेडक्रसको नयाँ भवनमा आइसोलेसन बनाउन हेरीसकेका छौँ । त्यस्तै घट्टेकुलोको एउटा भवन पहिला अस्पताल थियो । अहिले त्यत्तिकै छ । त्यो भवनपनि आइसोलेसनकै प्रयोजनमा ल्याउने कुरा छ । तुरुन्तै आइसोलेसन सञ्चालनमा ल्याउन सकिने ठाउँ सञ्चालनमा ल्याउँछौँ ।”

उनकाअनुसार नरदेवी अस्पतालसँग महानरले सोमबार सम्झौता गरेको छ । सो अस्पताललाई पूर्वाधार र जनशक्ति तयार पारेर जेठ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

काठमाडौं महानगरको तथ्यांकअनुसार ३२ वडामा अहिले करिब ७ हजार सक्रिय संक्रमित छन् । 

ललितपुर महानगरपालिका 
ललितपुर महानगरपालिकाले यसअघि बागडोलस्थित ज्यापु समाजको वृद्धाश्रममा ११० शैयाको आइसोलेसन र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइसोलेसन बनाएको थियो । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन अहिलेसम्म गरि महानगरभित्र १६० शैया आइसोलेसन सञ्चालनमा रहेको बताउँछन् । उनकाअनुसार वडा नं ३ मा रहेको मदनस्मारक विद्यालय परिसरमा रहेको भवनमा पनि आइसोलेसन सञ्चालन गर्ने तयारी भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब ४० हजार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC