site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राजनीतिक अन्योलबीच लगातार दोस्रो दिन पनि बढ्यो नेप्से
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातर दोस्रो कारोबार दिन पनि सेयर बजार बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार १८ अंकको गिरवट भएको सेयर बजारमा दोस्रो कारोबार दिन सोमबार १७ अंक र आज पनि २७ अंकले बढेको छ ।

सोमबार २६४५.८५ अंकमा बन्द भएको नेप्से प्रि ओपन सेसनमा सामान्य वृद्धि भएर २६४७.४८ अंकमा खुलेको थियो । तर, सुरुवाती उतार–चढावबीच लगातार बढेको नेप्से २७.४७ अंकले वृद्धि हुँदा २६७३.३१ अंकमा बन्द भएको छ । ‘इन्ट्रा–डे’ कारोबारमा २६४५.८५ अंकको तल्लो विन्दुमा झरेको नेप्से २६८०.९१ अंकसम्म पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार परिसूचकसँगै सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्बमा सीमित कारोबार रकम आज करिब ६ अर्ब पुगेको छ । आज नेप्सेमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजारको कारोबार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने अन्योल रहँदा पनि सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा सबै उपसूचकमा हरियाली छाएको छ । व्यापार उपसूचक सर्वाधिक ५.७९ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक २.५३ प्रतिशत, उत्पादन उपसूचक २.४२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.१९ प्रतिशतले बढेको छ ।

Global Ime bank

कारोबार रकममा पुनर्बिमा कम्पनीले लिड गरेको छ । ७६ करोड ४५ लाख ४३ हजारको कारोबार हुँदा अपी पावरको २० करोड २३ लाख ७० हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा हरियाली छाउँदा बोटलर्स नेपाल तराई, रुरु जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १४५ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC