site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजा ज्ञानेन्द्रको कोरोना रिपोर्ट नेगेटिभ, अक्सिजनको सपोर्ट चाहिन छाड्यो 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको छ । उनको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजनको सपोर्टमा रहेका उनलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको जनाइएको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ ।

Global Ime bank

पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै, पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC