बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देउवा, प्रचण्ड र उपेन्द्रबीच वार्ता 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख २८, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

Duber nepal

Agani Group

देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच दिउँसो १२ः०५ बजेदेखि १२ः४५ सम्म ४० मिनेट भेट भएको स्रोतले जानकारी दिएको छ ।

आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख २८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्