site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरका अस्पतालमा थप ९ कोरोना संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
 
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

नोबेल शिक्षण अस्पतालमा विराटनगर–१६ का ५२ वर्षीय पुरुष, धनुषाको जनकपुर–४ का अर्का ५२ वर्षीय पुरुष र उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
 
कोसी कोभिड १९ अस्पतालमा उदयपुरको त्रियुगा–५ का ५० वर्षीय पुरुष, झापा दमक नगरपालिका–८ की ५६ वर्षीया महिला, विराटनगर–१० का ६८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिएका छन् । 

तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको बताइएको छ । उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मङ्गलबार बिहान धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC