site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 टोलटोलमा कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी, पूजा र विवाहले बढायो संक्रमण
Sarbottam CementSarbottam Cement

जाजरकोट । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।

गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पूजा र विवाहले कोरोना बढायो

चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिए । 
 
सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ । रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC