site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इरफानले भनेका थिए– म एक्लोपनबाट डराउँछु र पैसाबाट थाक्छु 
Sarbottam CementSarbottam Cement

मुम्बई । फरकफरक पात्रलाई चलचित्रको पर्दामा जीवन्त उतार्ने अभिनेता इरफान खानको निधनले सबैलाई अचम्बित तुल्याएको थियो । हालै अप्रिल २९ मा उनको पहिलो पुण्यतिथि सकियो । उनको निधन भयो भनेर दर्शकले आजसम्म पनि स्वीकार्न सकेका छैनन् । हालै नवभारत टाइम्सले इरफानसँग पत्रकार अजय ब्रह्मात्मजले ‘मदारी’ (२०१६) चलचित्र रिलिजको समयमा गरेको विशेष कुराकानी उतारेको छ । जहाँ इरफानले जयपुरको गल्लीदेखि दिल्ली हुँदै मुम्बईसम्मको यात्रा, संघर्ष र हलिउडसम्मको सफलताको बारेमा कुरा गरेका छन् ।

 ० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

जयपुरको साँघुरो गल्लीबाट दिल्ली हुँदै मुम्बईसम्मको अभिनय यात्रालाई तपाईं कसरी हेर्नुहुन्छ ?
सिक्दै–सिक्दै यहाँसम्म त आइपुगेँ । मैले छानेको प्रोफेसन, मेरो लक्ष्यको नजिक पुग्नका लागि हो । त्यसमा सहयोग मिले ठिकै हो । बाँकी ख्याति, पैसा, नाम भनेको बाइप्रोडक्ट्स मात्रै हुन् । यी सबै भनेको पाउने कुरा नै हो । जयपुरबाट निस्किँदा गन्तव्यका बारेमा कहाँ थाहा थियो र ! अहिले पनि पुगिसकेको त कहाँ पो छु र ! यात्रा निरन्तर छ । मलाई याद छ, एकदिन मैले यत्तिकैमा आमालाई केही भनेको थिएँ । थिएटर गर्दैथिएँ त्यसैले आमाले चिन्तित हुँदै मलाई गाली गर्नुभयो– यसले कहीँ काम दिन्छ र ? मैले भनेँ तपाईं हेर्दै जानुहोस् यसबाटै म केही गरेर देखाउँछु । आमाले मेरो कुरा सुनिरहिन् मात्र, तर थाहा थियो उनलाई मेरो कुरामा विश्वास लागिरहेको थिएन । 

सुरुका दिन सम्झना गर्ने हो भने यहाँसम्म पुग्न तपाईंलाई लामो समय लाग्यो । यद्यपि, तपाईं आफ्नो लक्ष्यबाट कहिले डगमगाउनु भएन र कोशिस जारी राख्नु भयो...
यदि पहिलेकै जस्तो समय भैरहने हो भने त माहोल डरलाग्दो हुन्थ्यो । यसको साटो केही अरू नै सोच्नुपर्ने हुन्थ्यो । सिनेमा परिवर्तनको चक्रमा छ । निर्देशकहरूले नयाँ कुरा पस्किरहेका छन् । उनीहरु ताजा मनोरञ्जन पस्किरहेका छन् । दर्शकले पनि उनीहरूलाई स्वीकार गर्दैछन् । उनीहरूकै कारण हाम्रो पसल चलिरहेको छ । यदि यो परिवर्तन नहुँदो हो त हामी आजसम्म पनि क्यारेक्टर रोल नै गरिरहेका हुन्थ्यौँ । पुराना धेरै कलाकारहरू दैनिक ज्यालादारीमा काम गर्न थालिसकेका थिए । उनीहरूले दैनिक ज्यालादारीको आधारमा पैसा माग्न थालिसकेका थिए । कुनै कलाकारको लागि यो डरलाग्दो अवस्था हो ।
 
तपाईं अरूभन्दा फरक देखिनुभयो । तपाईंमा काम पाउनेभन्दा पनि काम गर्ने प्यास देखियो । यो फरक किन र कसरी आयो ?
यदि मैले स्वयं र दर्शकलाई केही सरप्राइज दिन सकिनँ भने त्यसमा मजा आउँदैन । विदेशमा हेर्ने हो भने क्रिस्टोफर नोलनजस्ता निर्देशकहरू इन्टरटेनिङ चलचित्र बनाउँछन् तर त्यसभित्र यस्तो कुरा समावेश गर्छन् जसबाट तपाईंले संसारमा के भैरहेको छ भनेर अनुमान लगाउन सक्नुहुन्छ । त्यहाँको जस्तो इन्टरटेन्मेन्ट हाम्रोमा छैन । मलाई आशा छ यहाँ पनि त्यस्तै चलचित्र बन्नेछन् । अहिले विश्वको मिलन तीव्र गतिमा भइरहेको छ । ‘लन्च बक्स’ त्यसकै उदाहरण हो । 

Global Ime bank

थिएटरबाट आएको कलाकार पनि हिन्दी फिल्म इन्डष्ट्रिको मुख्य धारमा बग्छन् है ? तपार्इंकै बाटो पछ्याएर अरू अभिनेताहरू पनि आउँछन् जस्तो तपाईंलाई लाग्छ ?
धेरै कलाकारहरू अब आउनेछन् । यो संख्या चाँडै बढ्नेछ । हाम्रा कलाकारहरूले हलिउडमा पनि काम गर्नेछन् । दुःखको कुरा, हिन्दीको व्यावसायिक चलचित्रले यी प्रतिभाहरूलाई आजसम्म पनि प्रयोग गर्न सकेका छैनन् । आजसम्म हिन्दी चलचित्रहरू एकतर्फी र चर्को मेलोड्रामिटिक छन् । सबै स्टेरियोटाइप छन् । राम्रो कुरा के भने कम नैै भए पनि अन्य प्रकारको चलचित्रहरू पनि बनिरहेका छन् ।
 
तपाईंको करिअरमा ‘वारियर’ले महत्त्वपूर्ण मोड लिएर आयो, यसको संयोग कसरी बन्यो ?
मैले उपहारको रूपमा ‘वारियर’ पाएँ । ती दिनमा म निराश भैसकेको थिएँ । केही चलचित्र गरिसकेको थिएँ तर नोटिसमा आउन सकेको थिइनँ । टिभी र चलचित्रलाई लिएर मेरो असन्तुष्टि उग्र थियो । मलाई लाग्छ त्यो भनेको केही नयाँ हुनु अगाडिको उकुसमुकुस थियो । ‘वारियर’ मेरो बाटोमा आयो । म अडिसनका लागि जान तयार थिइनँ । तिग्मांशु धुलियाले कर गरे । उनले मलाई गएर एकफेर भेट्न मात्रै भने । म गएँ । कोठा भित्र पसेँ । भित्र छिर्ने बित्तिकै मलाई महसुस भयो कि केही विशेष हुँदैछ । निर्देशक आसिफ कपाडियासँग मनपर्ने चलचित्रहरूका बारेमा कुराकानी हुँदैथियो । त्यसैबेला तारतम्य मिल्यो । उनले मलाई फिल्मको एउटा सिन पढ्न दिए । त्यसले मलाई हल्लाई दियो । मैले यति मात्रै भनेको थिएँ कि यस चलचित्रमा केही जादू छ । ‘वारियर’ पछि मीरा नायरको ‘नेमसेक’ आयो । त्यस चलचित्रमा मैले प्रौढ बंगालीको पात्र निभाउनुपर्ने थियो । मैले त्यो मौका पाएँ । सुरुमा मलाई अनुमान थिएन कि मेरो पात्र प्रमुख हुनेछ । 

त्यसपछि तपाईंको लागि हलिउडको ढोका खुल्यो । हिन्दी फिल्ममा के गरिरहनु भएको छ र कतिको सन्तुष्ट हुनुहुन्छ ?
यहाँको कुरा गर्ने हो भने २०१४ पूरा वर्ष स्पेशल अपेरियन्समै बित्यो । पहिला ‘गुन्डा’ गरेँ त्यसपछि ‘हैदर’ । अहिले ‘पिकु’ गरिरहेको छु । मलाई थाहा छ दर्शकले मलाई मन पराउनेछन् । आर्ट फिल्ममा मलाई विश्वास छैन, जसमा निर्देशकको तीव्र संलग्नता हुन्छ । त्यस्ता चलचित्रहरू आत्ममुग्धताको शिकार हुन्छन् । म सम्पूर्णतः व्यावसायिक चलचित्र पनि गर्न चाहन्नँ । तर, पनि परिवर्तित चलचित्रको यात्रामा आफ्नोतर्फबाट केही योगदान दिइनै रहनेछु । ‘पिकु’ पछि तिग्मांशु धुलियासँग मिलेर एउटा चलचित्र गर्नेछु । सञ्जय गुप्तासँग पनि कुराकानी भैरहेको छ । त्यो ऐश्वर्या राय बच्चनसँग हो । म चालुु प्रकारको चलचित्र गर्न सक्दिनँ ।
 
माग हुँदाहुँदै पनि तपाईं कम चलचित्र गर्नुहुन्छ । किन धेरै काम गर्ने र पाउने तृष्णा छैन ?
म जिन्दगीमा हरेक प्रकारको कामबाट चाँडै नै आजित हुन्छु । यो क्षेत्रमा आउनुको कारण भनेकै फरक–फरक काम गरिरहन सकुँ भन्ने हो । मलाई कुनै पनि चलचित्र वा सम्बन्धमा संलग्न हुन समय लाग्छ । मैले महसुस गरेको छु सबै सम्बन्धहरूले एक समयपछि तपाईंलाई एक्लो छोडिदिन्छ । म मेरो एकाकीपनबाट आत्तिन्छु । पैसाबाट पनि थाक्छु । मेरा छोराछोरी अर्को गाडी नकिनेकोमा गाली गरिरहन्छन् । मलाई लाग्छ, महँंगो कार किनेर पैसा किन बर्बाद गरूँ !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC