site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञाले सडकमा खाना कुरिरहेका अब्दुल्ला
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोका संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञाको प्रभाव देखिन थालेको छ । निषेधाज्ञा जारी भएको दुई साता नबित्दै न्यून आयस्रोत भएकाहरू सडकमा देखिन थालेका छन् ।

सोमबार काठमाडौंको ठमेलको सडक किनारमा रौतहटका अब्दुल्ला माग्न बसेको अवस्थामा भेटिए । उनी आफ्नो चार वर्षीय छोरीलाई काखमा राखेर मागिरहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी श्रीमती र चारजना सन्तासहित ललितपुरको बालकुमारीमा भाडामा बस्ने गर्थे । गत वर्षको लकडाउनमा उनी घर फर्किए । पछि अवस्था सामान्य भएपछि उनी काठमाडौं फर्किए । 

Global Ime bank

तर उनले पहिलेजस्तो कमाइ गर्न सकेनन् । कमाइ नभएर भाडा तिर्न नसकेपछि उनले बसरिहेको कोठा छोड्नुपर्‍यो । त्यसपछि उनी काठमाडौंको धल्कोमा सरे । कारखानामा सिलाईको काम गर्ने अब्दुल्ला निषेधज्ञाका कारण काम बन्द भएपछि उनी सडकमा माग्न विवश बनेका रहेछन् ।


अब्दुल्लाको श्रीमती प्यारालाइसिसबाट ग्रसित छिन् । घरमा सहयोग स्वरूप पाएको चामल त रहेछ तर खाना बनाउन ग्यास रहेनछ । त्यसैले उनी प्यारालाइसिस भएकी आफ्नो श्रीमती र तीन जना सन्तानलाई कोठामै छोडेर खानाको खोजीमा उनी सडकमा आएका रहेछन् ।

तस्बिरहरू : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC