site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'ह्विप उल्लङ्घन' केपी ओलीको अपराधपूर्ण बाटोको नतिजा : माधव नेपाल (पूर्णपाठ)
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेका छन् । नेता नेपालसहित २८ सांसदहरूले आज पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएनन् ।

लगत्तै उनले विज्ञप्ति प्रकाशित गरेर प्रष्ट पारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो । उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो । प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरी पनि देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्छौं,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले पार्टी विभाजनको आपराधिक बाटो अँगालेको पनि बताएका छन् । उनले भनेका छन्, “२०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यहरूको भेला गर्नुभयो । त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुभयो । त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरुको मनोनयन गर्नुभयो । हामी लगायतका केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । यसरी केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समात्नुभयो ।”

Global Ime bank

माधव नेपालले जारी  गरेको विज्ञप्तिः

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC