site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नगर प्रहरीले हटायो धोबीखोला करिडोरका निर्माणजन्य फोहोर
Ghorahi CementGhorahi Cement

काठमाडौं । आज नगर प्रहरीले धोबीखोला सेतोपुलदेखि चाबहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ ।

निषेधाज्ञापछि नगर प्रहरी मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन यस्त छ । यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ ।

Agni Group

‘‘सडकमा टुटे फुटेका पाइप, सडक र सडकपेटी बनाउँदा बाँकी रहेका रोडा, इटा, ढुङ्गा, सिमेन्ट, सवारी दुर्घटनापछि टुटे फुटेका सडक वा बारका टुक्रा, विजुलीका तारलगायत सामान पाइन्छन्,” नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले भने, ‘‘विकासको जिम्मेवारी पाएका निकायहरु सहरी सुन्दरतामा जिम्मेवार देखिएनन् । बैशाख १६ गतेदेखि अहिलेसम्ममा हामीले ३० ट्रक सामाग्री सडकबाट उठाइसकेका छौँ । यो क्रम जारी रहन्छ ।”

विकास साझेदारले निर्माणपछिको व्यवस्थापनमा जिम्मेवार नहुँदा महानगरलाई दोष आउने गरेको छ । ‘‘सडक, खानेपानी, ढल निकास, विद्युत र इन्टरनेटजन्य सार्वजनिक तथा निजी कम्पनीले जथाभावी निर्माण सामग्री राखेर सहर कुरुप भएको छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC