राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले संसद्को विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आजैबाट लागु हुने गरेर मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
“अर्को (बजेट) अधिवेशन दुईचार दिनमा बोलाइन्छ, त्यसबारे कुनै निर्णय भएको छैन,” उनले भनिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १९:३७
प्रतिक्रिया दिनुहोस्