देश
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार सातजना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ६ हजार ७९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
नेपालमा थप नौ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४११ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार २७१ को नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख तीन हजार ७९४ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १९:११
प्रतिक्रिया दिनुहोस्