देश
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २७१ जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ६०७ जना काठमाडों उपत्यकाका छन् ।
पछिल्लो २४ घण्टामा १८ हजार ४११ वटा नमूना परीक्षण गरिएकोमा ९ हजार २७१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ । जसमध्ये आईसीयूमा ९१० जना र भेन्टिलेटरमा ८२९५ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १८:५१
प्रतिक्रिया दिनुहोस्