site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'संसद् विघटन होला कि भनेर चिन्ता छ, मत दिनुस् न कसरी हुन्छ विघटन ?'
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न आग्रह पनि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकमा प्रतिपक्षी दलका नेताहरुले फेरि संसद् विघटन गर्न लागेको आरोप लगाएका थिए । त्यसको जवाफमा ओलीले आफूलाई विश्वासको पक्षमा मत दिए संसद् विघटन हुन नदिने बताए । 

“किन राजीनामा नदिएको भन्दा पाँचै वर्ष चलाउन । ठ्याक्कै मिलेको छ नि कुरो । कुरो एउटै छ पाँचै वर्ष चलाऔं । पटकपटक अस्थिरता नचलाऔँ । मिलेर काम गरौँ । मत दिनुस्,“ उनले भने,“संसद् विघटन होला कि  भनेर चिन्ता छ । मत दिनुस् न कसरी हुन्छ विघटन ?"

Global Ime bank

आफैँ विघटनतर्फ धकलेर दोष लगाएको उनको आरोप छ । स्थिरताको पक्षमा काम गर्न आग्रह गरे । उनले चुनाव हुँदा लोकतन्त्र र संविधान खतारामा नपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC