site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी अस्पतालबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नरदेवी आयुर्वेद अस्पतालमा अक्सिजनसहितको एचडीयू (हाई डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्रसञ्चालन गर्न काठमाडौं महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ ।

सो सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा आज महानगरका तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन–स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।

अस्पतालमा अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइनसहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत–सम्भार तथा रङरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्थापन गर्नेजस्ता पूर्वाधार तयार गरेर आउँदो जेठ १ गतेबाट सञ्चालनमा ल्याइने जनाइएको छ । उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, बिरामीहरुका लागि खाना, खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ ।

Global Ime bank

अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्नास्वरुप महानगरले उपलब्ध गराउनेछ । पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आइसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतिपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC