site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको दिल्लीमा अक्सिजनपछि अब खोपको अभाव !
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । अक्सिजन अभाव भोगिरहेको भारतमा खोपसमेत अभाव हुने सम्भावना बढेको छ ।

नयाँदिल्लीमा एक दिनका लागि मात्र पुग्ने कोभ्याक्सिन र तीन–चार दिनका लागि पुग्ने कोभिसिल्ड खोप बाँकी रहेको भन्दै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले शीघ्र थप खोप उपलब्ध गराउन केन्द्र सरकारलाई आग्रह गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Agni Group

“हामीसँग कोभ्याक्सिन खोप एक दिनका लागि पुग्ने र कोभिसिल्ड खोप तीन–चार दिनका लागि पुग्नेजति मात्र भन्डारण छ । हामीलाई छिटोभन्दा छिटो खोप आवश्यक छ,” स्वास्थ्यमन्त्री जैनले भने । नोयडा, गाजियाबाद, गुरगावलगायत क्षेत्रबाट समेत खोप लगाउन मानिस दिल्ली आएकाले पनि खोप नपुगेको बताइएको छ ।

यसअघि, आइतबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि खोप अभाव भएको बताएका थिए । उनले आगामी तीन महिनाभित्र दिल्लीका सबै नागरिकलाई खोप लगाउनका लागि कम्तीमा तीन करोड डोज खोप आवश्यक पर्ने उल्लेख गरेका थिए । दैनिक तीन लाख डोज खोप आवश्यक पर्नेमा अहिले मुस्किलले एक लाख डोज मात्र पाएको केजरीवालको भनाइ थियो । संक्रमणको जोखिम कम नभइसकेको भन्दै केजरीवालले दिल्लीमा मे १७ सम्म लकडाउनको समयावधि बढाउने निर्णय गरिसकेका छन् ।

Global Ime bank

गएको २४ घण्टामा दिल्लीमा १३ हजार ३३६ नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला केही दिनको तुलनामा यो संख्या निकै कम हो । योभन्दा अघिल्लो दिन शनिबार १७ हजार ३६४ नयाँ संक्रमित थपिएका थिए ।

समग्र भारतमा हिजो आइतबार मात्र तीन लाख ६६ हजार १६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC