site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘एनफ इज एनफ फेरि भन्छु राजीनामा दिएर अर्को सरकार बन्ने बाटो खोल्नुस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् ।

सोमबार सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि राजीनामा दिन सुझाएको बताए । “मैले त्यतिबेला पनि उदाहरण दिँदै भनेको थिएँ, इनफ इज इनफ, प्रधानमन्त्री ओलीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नु नै उपयुक्त हुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले निर्वाचित सरकार पाँचै वर्ष चल्नुपर्ने मान्यतामा आफू अहिले पनि रहेको र विचमै सत्ता परिवर्तन गर्दा अराजकता भित्रिएको पनि बताए ।

उनले ओली सरकारलाई समर्थन आफैँले गरेको बताउँदै उनले संघीयता क्षतविक्षत पारिएको र संविधानलाई कोरोना लागेर आइसीयूमा उपचार गराइरहेजस्तो देखिन पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

Global Ime bank

उनले आफू परिवर्तनको पक्षधर भएकोले अहिलेको बेथितिले चिन्तित तुल्याएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC