काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ का कारण कोहीले ज्यान गुमाउँदैन भन्ने प्रतिबद्धता कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् । सोमबारको संसद् बैठकमा देउवाले जनता मरिरहँदा पनि सरकार टुलुटुलु हेरिरहेको आरोप लगाए ।
‘रेल, पानीजाहज, घरघरमा ग्यासको पाइप, सडकबालक हुने छैन, रोजागारीका लागि कोही विदेश जानु पर्दैन’ भन्ने प्रतिबद्धता कहाँ गए ? भन्दै देउवाले जवाफ मागे । उनले अहिले सरकार जनताको अभिभावक बन्न नसकेको पनि बताए ।
उनले प्रधानमन्त्रीको विश्वासको विपक्षमा मतदान गर्न आह्वान गरे । देउवाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने भन्दै अर्को सरकार गठन हुनुपर्ने कांग्रेसको धारणा रहेको पनि बताए ।