काठमाडौं । कोभिड १९ नियन्त्रणको लागि भएको निषेधाज्ञामा आकस्मिक सेवा पुर्याउँदै आएका गाडीहरुको मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा सिप्रदीले टोल फ्री नम्बरमा उपलब्ध गराएको छ ।
निषेधाज्ञामा सिप्रदीको सबै शाखाहरु बन्द भए पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको कम्पनीले जनाएको छ । सिप्रदीबाट एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा कम्पनीले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
अहिलेको अवस्थामा कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । अत्यावश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४ औ घण्टा सेवा प्रवाह हुने र त्यसको लागि टोल फ्रि नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध सकिने कम्पनीले जनाएको छ ।