site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रभु सेलेक्ट फण्डको निष्काशन जेठ ५ बाट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रभु क्यापिटलले प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डको प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । 

 १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन हुन लागेको उक्त फन्डको  व्यवस्थापन प्रभु क्यापिटलले गर्नेछ । उक्त योजनाको कोष प्रवद्र्धक प्रभु बैंक रहेको छ । उक्त योजना बन्दमुखि योजना रहेको व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ ।  

उक्त योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गर्ने छ । निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC