राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
तीनवटा लबीमा मतदानको व्यवस्था गरिएको छ । हुन्छ/हुन्न र मत दिन्नँ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको हो ।
कोरोना संक्रमित सांसदहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीपछि दलका शीर्ष नेताहरुले बोल्नेछन् । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १४:३५
प्रतिक्रिया दिनुहोस्