site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यो सरकारलाई संसदले विश्वास नगर्नुपर्ने कुनै कारण छैन : केपी ओली 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई संसदको विश्वास नहुनुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । संसदको विश्वास आफूलाई छ भन्ने प्रस्ताव राख्ने क्रममा संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 
“सरकार राष्ट्रियताका सवालमा, जनजिवीकाका सवाल छोडेर सम्झौता गर्दैन । मैले पटक–पटक यस गरिमाय सदनमा प्रस्तुत गरिसकेको छु,” प्रधानमन्त्री ओलीले भने, “यस सन्दर्भमा मैले धेरै केही भन्नु छैन । खाली राजनीतिक अवस्थाका कारण यस सदनको ममाथि विश्वास छ भन्ने आवश्यकता ठानेकाले आज यो सदनमा म उभिएको छु ।”

प्रधानमन्त्री ओलीले सर्वभौम जनतका प्रतिनिधि भएकाले सांसदहरुले विचार वा आग्रहबाट प्रभावित नहुने र सरकारलाई विश्वासको मत दिने दाबी गरे ।
 
“हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौं । सार्वभौम जनताको हितहरुको प्रतितिनिधित्व हामी गर्छौं,” ओलीले भने, “यस्तो वेलामा हामी विचारको आग्रहबाट होइन, म कहाँ छु भनेर आवद्धता वा संलग्नता होइन सच्चाइलाई पच्छ्याएर होइन । हामीले निर्णय त्यस हिसावले गर्नु आवश्यक छ ।”

उनले वर्तमान सरकार राष्ट्रियताको प्रश्नमा तस्बिर आफैं बोल्छ भन्ने अवस्थामा रहेको दाबी गरे ।
 
“राष्ट्रियहित र राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा र भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रियताको सर्वोपरी हितलाई व्यवहार गर्ने सन्दर्भमा र राष्ट्रिय हितलाई सर्बोपरी राख्ने सन्दर्भमा तस्बिर आफैं बोल्छ भनेजस्तो, हाम्रा व्यवहार र दृष्टिकोण आफैं बोल्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC