site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी एकताको पक्षधर नै फुटको पक्षपोषक !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभक्त हुँदा कुनै पक्षमा जान चाहेनन् । उनले पार्टी एकताको राष्ट्रिय अभियान सञ्चालन गरे । यतिबेला नेकपा एमाले पनि फुटको डिलमा छ । आज एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले आजको बैठकमा नै अनुपस्थित हुने निर्णय गरिसकेका छन् । 

उनीहरुले विश्वासको मत लिनु अगावै राजीनामा दिने भने पनि राजीनामाबाट ‘ब्याक’ भएका छन् । पार्टी एकताकै पक्षमा नै रहेको खनाल–नेपाल पक्षका नेताहरु बताइरहेका छन् ।
 
यस्तैमा पार्टीलाई एक गराउने अभियानमा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले नै खनाल–नेपाल समूहले पार्टी फुटाए त्यसमा सामेल हुने घोषणा गरेका छन् । उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले फेसबुकमा राखेको विज्ञप्ति अनुसार ४० प्रतिशत पुर्याएर एमाले विभाजन गरे वामदेव त्यस पार्टीमा सामेल हुनेछन् । तर, पार्टीमा समानान्तर गतिविधिमा भने उनको असहमति नै रहेको बताएका छन् ।
 
“वरिष्ठ नेता क।माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,” गौतमको भनाइ छ ।
 
उनको यो भनाइले पार्टी एकताका पक्षमा रहेका गौतम फुटको पक्ष पोषक बनेको देखिन्छ । एमालेका आम नेता कार्यकर्ता एकताकै पक्षमा रहेको बताइरहेका बेला गौतमको भने फुटलाई प्रश्रय दिने अभिव्यक्ति आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, खनाल–नेपाल समूहले अर्को पार्टी गठन गर्ने विषयमा पनि छलफल गरेको भने बताइन्छ ।
 
गौतमले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले २०७५ जेठ २ गतेमा फर्कन अस्वीकार गरेकाले त्यसमा सहयोग गर्न नसक्ने बताएका हुन् ।

“पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो,  ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन,” वक्तव्यमा प्रधानमन्त्री भनाइ उदृत गरेका छन् । 

Global Ime bank

त्यसैले ओलीलाई साथ दिन नसक्ने बताएको सुवेदीले उल्लेख गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC