site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निषेधाज्ञाबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निषेधाज्ञाबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ । सीमित संख्यामा मानिसको सहभागिता र स्वास्थ्य मापदण्ड अपनाएर जात्रा मनाइने ज्यापु समाजले जनाएको छ ।

आइतबार ज्यापु समाज, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, गुठी संस्थान, २१ वटा जातीय खल पुच र जनप्रतिनिधिबीच जात्रा मनाउने निर्णय भएको थियो । यसको व्यवस्थापनको जिम्मा ललितपुर महानगरपालिकाले पाएको छ ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जात्रामा सीमित व्यक्ति सहभागी हुने जानकारी दिए । ‘‘सहभागीलाई ज्वरो नापेर, मास्क, स्यानिटाइजर र ग्लोब्स अनिवार्य गरिएको छ । जात्राका लागि प्रहरी, स्वयंसेवक परिचालन गरिनेछ,” महर्जनले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC