site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्मा किन तटस्थ बस्ने जसपा ? नेता सुरेन्द्र झाले प्रस्तुत गरे ११ कारण 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि सुरुमा विश्वासको मत दिने पक्षमा देखिएको जनता समाजवादी पार्टी (जसपा) अहिले सांसदहरुलाई स्वविवेकीय अधिकार दिने निर्णय गरेर बसेको छ ।

संसद्मा सांसदहरुलाई स्वविकेकीय अधिकार दिने निर्णयमा भने पनि अभ्यासमा भने नेताहरु आफ्ना सांसदहरुलाई प्रभावमा राख्ने र आफूले भनेको पक्षमा मतदान गराउने पक्षमा जुटिरहेका छन् । महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले भने सांसदहरु केका लागि तटस्थ बस्नु आवश्यक छ भनेर ११ कारण प्रस्तुत गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले त्यस्ता कारण प्रस्तुत गर्दैगर्दा मधेसका माग–मुद्दाभन्दा नेतृत्वमा रहेका कतिपय नेतालाई सत्ताको भर्‍याङको मात्र याद आएको भन्दै आफू छुट्छु कि भन्ने चिन्तामा उनीहरु रहेको पनि आरोप लगाएका छन् । 

झाका अनुसार जसपा तटस्थ बस्नुपर्ने ११ कारण 
१. जसपा नेपालको शीर्ष नेतृत्व केपी ओलीको बिपक्ष वा तत्तत्स्थ बस्ने सवालमा बिभाजित रहेकोले 
२. पार्टीमा शीर्ष नेतृत्वको बिच बर्तमान राजनीतिक अवस्थाको बुझाई र जसपाको प्राथमिकता बारे मतैक्यता नरहेकोले 
३. पार्टीमा शीर्ष नेतृत्वमा  दुईलाइन संघर्ष नेपाल सरकारसँग मुद्दा फिर्ता, राजबन्दी रिहाई, संबिधान संसोधन, नागरिकता बिधेयक, लाल आयोग सार्बजनिक लगायतको बिषयमा के पी ओली नेतृत्वसँग कुनै वार्ता गर्नै हुदैन र अर्को लाईन सकारात्मक परिणाम निस्कन्छ भन्ने किन नगर्ने ?
४. नेपाल सरकारसँग भईरहेको वार्ता मुद्दा सम्बोधनको लागि मात्रै हो भन्ने एक पक्षको बुझाई हो भन्ने अर्को पक्ष यो सत्ता आरोहणको स्वार्थले प्रेरित हो एवं हामी छुट्छौ की भन्ने त्रास 
५. बिगतको आन्दोलनको कारन जो नेता कार्यकर्ताहरु जेलमा छन, ज–जसमाथि झूठा मुद्दा लागेको छ तिनको रिहाई एवं मुद्दा फिर्ता नेतृत्वको तत्कालको प्राथमिकता हो वा त्यो समय क्रममा आउने बिषय भन्नेमा नेतृत्वको बुझाईमा भिन्नता 
६. मधेश–थरुहटको जनताको लागि लोकतन्त्र, राज्यको अनुभूति कहाँ हुन सकेको छ ? हाम्रो यो दुर्दशा को कारण तिनै तीन ठूला दलहरु र तिनको होईन र ? १६ बुँदे सहमति गरि  संबिधान निर्माण गर्दा १० प्रतिसत मात्रै हो भनेर बा‘र्डरमा पुर्याउने र टाउको एवं छातीमा गोली ठोकनेहरु एउटै नश्ल र अनुहारहरु होइनन ? 
७. जसपा आफ्नो मुद्दा स्थापित गर्ने कि सत्ताको खेलमा लाग्ने भन्ने बिषयमा नेतृत्वको मतभिन्नता 
८. ब्यक्तिगत कुण्ठा, बदलाको भावले अगाडी बढ़ने कि त्यसबाट पाठ सिकी अनुहार भन्दा अवस्था हेरि अन्य शक्ति सँग सम्बन्ध बनाउने भन्नेमा नेतृत्वको मतभिन्नता 
९. अग्रगामी र प्रतिगामीको भास्य निर्माण, तथाकथित प्रतिगामीसंग लामो समय साँठगांठ गरेकोले/लाई अरुलाई नशिहत दिने कुचेस्टा 
१०. नेपाल सरकारले हाम्रो केहि कामहरु गरेको र अन्य एजेन्डाहरु अगाडी बढाएको तर पूरा हुनाले मत दिन नसकिने साथै बिपक्षमा जादा राजनितिक बेईमानी हुने हुँदा तटस्थ बस्ने उपर्युक्त हुने बुझाई अर्को तिर प्रतिगामी ओलीलाई हटाउने एक मात्र कार्यभार भएकोले बिपक्षमा मतदान गर्नै पर्ने सोच बिच नेतृत्वको बिच मतभिन्नता 
११. यो परिस्थितिमा सांसद जीहरुलाई आफ्नो बिबेक प्रयोग गर्न दिने स्वतन्त्रता पार्टीको आन्तरिक लोकतन्त्रको परिस्कृत रूप हो ! साथै सांसदजीहरु सही निर्णय लिन सक्षम रहेको बिस्वाश पनि हो ! 
पार्टीको केहि जिम्मेवार मित्रहरुले यो अवस्थालाई नेतृत्वको नपुंशकता, असक्षमता भनी तथानाम असभ्य भाषामा एक पक्षले अर्कोलाई प्रहार गर्दा समग्रतामा जसपा कमजोर हुँदै छ भन्ने सोचने हो कि ? थुप्रै क्रन्तिकारी र राजनितिक खेलाडीहरुको बिल्लिबाठ हामी देख्दै छौ । फिरन्ते – घुमन्ते र मगन्ते भएको अवस्थामा हामी आफ्नो घर जोगाउने तिर गम्भिर हुने हो की ?

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC