site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा दैनिक संक्रमितको संख्या साढे तीन लाखमा झर्‍यो
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार १६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकानुसार उक्त अवधिमा तीन हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या केही दिनयताको तुलनामा निकै कम हो । शनिबार मात्र भारतमा चार लाख तीन हजार ७३८ नयाँ संक्रमित थपिएका थिए ।

Agni Group

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म दुई करोड २७ लाख बढीमा कोरोना पुष्टि भइसकेको छ । दुई लाख ४६ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक चार लाख बढी मानिस संक्रमित हुँदै आएका थिए ।

भारत सरकारले हालसम्म १७ करोड एक लाख ७६ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिएको छ । यद्यपि, अझै ३७ लाख ४५ हजार बढी सक्रिय संक्रमित रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Global Ime bank

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभावका कारण मृत्युदर घट्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC