site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस–माओवादीको डर राष्ट्रपतिसँगै ! ७६(३) बमोजिम ओलीलाई नै शपथ गराउने हुन् कि ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको डर नै राष्ट्रपतिसँग रहेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विश्वासको मत नपाउने निश्चित भएपछि राष्ट्रपतिले ‘गलत कदममा साथ’ दिने हुन् कि भन्ने डर उनीहरुमा देखिएको छ ।

कस्तो गलत कदम ? भन्ने बाह्रखरीको प्रश्नमा एक सांसद् भन्छन्– संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले ठूलो दलको हैसियतमा फरि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सक्नेछिन् । अहिलेको डर भनेकै यही हो ।”

Agni Group

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था गरिएको छ ।

उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ भने उपधारा (२) मा कुनै दलको बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

Global Ime bank

यही धारा बमोजिम प्रधानमन्त्री रहेका ओलीले पार्टी विभाजनको अवस्थामा पुगेपछि विश्वासको मत लिन लागेका थिए ।

उनी निकट नेताहरुको तर्क पनि अब संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत लिन नसके स्वतः (३) मा जाने छ ।

७६(३) अनुसार ओलीले फेरि पनि प्रधानमन्त्रीकोरुपमा शपथ ग्रहण गर्न सक्ने तर्क ओली निकटका नेताहरुको छ ।

पूर्वसांसद तथा कानुनविद् रेवतीरमण भण्डारीले केपी शर्मा ओलीले विश्वासको मत लिन नसके ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीकै शपथ ग्रहण गर्ने तर्क गर्छन् ।

“२ बमोजिम उहाँ प्रधानमन्त्री भइसक्नुभयो,” उनको तर्क छ, “२ बमोजिम विश्वासको मत लिन सक्ने अवस्था नभएमा अब जाने भनेकै ३ मा हो । संविधानले यस्तो अवस्थामा अर्को प्रधानमन्त्रीको परिकल्पना गरेको छैन ।”

संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले संविधानको गलत व्याख्या नगर्न एमाले नेताहरुलाई चेतावनी दिइन् । 

उनले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० अनुसार विश्वासको मत लिन लागेकाले विश्वासको मत प्राप्त नगरेपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुने बताइन् ।

उनले सर्वोच्च अदालतले पनि संसद्बाट नयाँ सरकार गठन हुन सकुन्जेल विघटन वा विकल्पमा जान नहुने फैसला गरेकाले त्यसो गर्न नमिल्ने बताइन् ।

तर नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुमा पनि कांग्रेस–माओवादी सांसदहरुलाई जस्तै डर छ ।

सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्रीलाई नियम, कानुन केही नलाग्ने भएकाले ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्रीको शपथ लिन लागेको जानकारी पाएको बताए ।

उनले अहिले भर्खरै सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिएर फेरि शपथ लिने तयारीमा रहेको सूचना आफूहरुले पाएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC