site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाली चलचित्र हेरिएको होइन जबरजस्ती देखाइएको अवस्था छ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकारहरुले नेपाली सिनेमा कल्चर भनेकौ थिएटर कल्चर भएको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कोरोनापछिको नेपाली चलचित्र विषयक अन्तरक्रियामा कलाकारहरुले यस्तो बताएका हुन् ।

चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको भन्दै सिनेमा हलबाहेक अन्य विकल्प खोज्नु पर्ने बताए । युट्युबबाहेका अन्य माध्यामबाट चलचित्र हेर्नेको संख्या न्यून रहेको भन्दै उनले हाल नेपाली सिनेमा हेरिएको नभई जवरजस्ती देखाइएको अवस्था रहेको बताए । त्यसैले सजिल्लो माध्याम हुनुपर्ने उनको भनाइ छ । नेपाल टेलिभिजनलगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्याम बनाइनुपर्नेमा उनको जोड छ । 

सोही अवसरमा नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाको महामारीमा चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए । बनिसकेका चलचित्रहरुलाई रेभीन्यू शेयरिङ्गबाट पनि डिजिटल प्लेटर्फममार्फत प्रसारण गर्ने सकिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेटफ्लिक्स, एमेजनको उदाहरण दिँदै अव डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकिने उनको भनाइ छ । 
चलचित्र ‘आमा’ले डिजिटल प्रविधिबाट राम्रो आम्दानी गरको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्नपर्ने उनको जोड छ ।  

नायिका एवं चलचित्र निर्माता रेखा थापाले डिजिटल प्यालटफर्म वैकल्पिक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन् । नेपाली चलचित्र हलमा हेर्ननै रमाइलो हुने उनको भनाइ छ ।

Global Ime bank

सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिमा पहिले झै फर्कन करिब ६÷८ महिना लाग्ने उनको भनाइ छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ । उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्ने नायीका रेखा थापा बताउँछिन् । 

चलचित्र निर्माता अशोक शर्मा सिनेमा कल्चर भनेको थियटर कल्चर नै भएको बताउँछन् । “सिनेमा बनेपछी थियटरमा लगाउनु अघि विभिन्न प्रचार प्रसार गरिएको हुन्छ हलमा प्रर्दशन गर्न । हलमा दर्शकहरुको माहोल, प्रतिक्रृया, मनोविज्ञान बुझेरनै निर्मातहरुले सोही अनुसार चलचित्र निर्माण गरेका हुन्छन्,” उनी भन्छन् ।

सिनेमाको प्रारम्भिक बजार हल नै भएकाले पारिवारिक एवं बाहिरी दृष्टिकोणले पनि उपयुक्त रहेको बताए ।

उनले २२ वटा सिनेमा हल बन्द भएको बताए । मल्टिप्लेक्सहरु पनि भाडामै संचालन भएकाले टिक्नसक्ने अवस्था न्यून रहेको उनको भनाइ छ  । कोरोना महामारी लम्बिदै गयो भने १० वर्ष चलचित्रमा असर पर्ने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC