site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्यरात ओलीलाई नेपालको ६ बुँदे पत्र– ...त्यसो भएन भने प्रतिनिधि सभाको सदस्य त्याग्छौँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यरात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे आग्रहसहितको पत्र पठाएका छन् । आइतबार दिउँसो वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहका सांसदहरूको झण्डै चार घण्टा लामो बैठक बसेको थियो । पार्टी अध्यक्ष ओली सहमतिमा नआएको भन्दै प्रतिनिधिसभा सदस्यबाट सामूहिक राजीनामा दिने प्रयोजनका लागि बसेको भए पनि थप १३ घण्टा बाटो हेर्ने अल्टिमेटम लम्ब्याएको थियो ।

नेता नेपालले त्यही बैठकको मर्म र भावना अनुसार अध्यक्ष ओलीलाई सम्बोधन गरेर पत्र पठाएका छन् ।  
“तपाईंले प्रतिनिधि सभामा वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नुभएको छ । यस्तो विषयमा समेत तपाईंले पार्टीभन्दा बाहिर समर्थनको लागि अनुनय, विनय गर्नुभयो भने पार्टीमा  आफ्नो गुटबाहेकको  पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ । तपाईंले वार्ता गर्ने वा पार्टी एकता गर्ने भनेर आफू निकट व्यक्तिहरूलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ । वक्तव्यमा तपाईंले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरूमाथि प्रहार गर्नुभएको छ । यस्तो स्थितिमा निम्नलिखित कुराहरूको आधारमा मात्र तपाईंले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं,” नेता नेपालले ६ बुँदे शर्त अघि सारेका छन् ।

Agni Group

शर्तमा फागुन २३ को सर्वोच्च अदालतको फैसला तथा पार्टीको विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अवस्थामा एमाले फर्काउनुपर्ने पूर्ववत माग अघि सारिएको छ ।

जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने बताइएको छ ।

Global Ime bank

“नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने, पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने । पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने । सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने । यस कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने,” नेपालले अघि सारेका शर्तमा छन् ।

नेपालले लेखेको पत्र :

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC