site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइबीएमले बनायो अहिलेसम्मकै सानो चिप, कम उर्जाबाट धेरै शक्ति निकाल्ने दाबी
Ghorahi CementGhorahi Cement

वासिङ्टन । प्रविधि कम्पनी आईबीएमले कम्प्युटर प्रोसेसर निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएको छ । कम्पनीले अहिलेसम्मकै सानो २ नानोमिटर लम्बाईको चिप विकास गर्न सफलता मिलेको दाबी गरेको छ । यो चिपको कर्यक्षमता हाल बजारमा उपलब्ध ७ नानोमिटर आकारको चिपभन्दा ४५ प्रतिशत बढी रहेको बताइएको छ ।

यो चिपले ७५ प्रतिशत कम उर्जा खपत गरेर नै हालको चिपको कार्य सम्पादन गर्न सक्ने कम्पनीको दाबी छ । नयाँ प्रविधियुक्त यो चिपको प्रयोगले मोवाइल फोनको ब्याट्रिको आयु समेत ४ गुणाले वृद्धि गर्ने बताइएको छ । अर्थात् मोवाइलमा यो चिप प्रयोग गरियो भने प्रत्येक ४ दिनमा एक पटक मात्र मोवाइल चार्ज गर्दा हुन्छ ।

Agni Group

ट्रान्सिस्टरको भौतिक आकार मापन गर्नका लागि चिप उद्योगहरुले नानोमिटर एकाईको प्रयोग गर्छन् । १ सेन्टिमिटर १ करोड नानोमिटरसँग बराबर हुन्छ । चिपको आकार जति सानो भयो त्यति नै यसले राम्रो प्रदर्शन गर्न सक्छ । ५० अर्ब ट्रान्सिस्टरले गर्ने काम २ नानोमिटरको चिपले गर्ने आईबीएमको दाबी छ । सन् २०१७ मा कम्पनीले बनाएको ५ नानोमिटरको चिप ३० अर्ब ट्रान्सिस्टर बराबर काम गर्न सक्षम थियो ।

'महत्वपूर्ण सफलता'

Global Ime bank

"यसलाई एउटा ठूलो र महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ," मार्केट इन्टेलिजेन्स फर्म आईडीसीका अनुसन्धान निर्देशक पिटर रुडेनले भने, "हामीले केही सेमीकन्डक्टर निर्माताहरुलाई १४ नानोमिटरबाट १० नानोमिटर हुँदै ७ नानोमिटरको प्रयोग गरेको देख्यौं ।" उनका अनुसार आईबीएमको नयाँ प्रोसेसलाई शक्तिशाली ग्राफिक्स कार्ड लगायत कृतीम बैद्धिकता (एआई)को काममा प्रयोग गर्न सकिन्छ ।

नयाँ उपलब्धिले आईबीएम कम्प्युटर हार्डवेयर अनुसन्धानमा पावरहाउस रहेको  सन्देश दिएको  उनको दाबी छ ।

अहिले उपलब्ध हाई इन्ड डेस्कटप चिपहरु आईबीएमले बनाएको घोषणा गरेको चार वर्षपछि सन् २०१९ मा मात्र प्रयोगका लागि उपलब्ध भएको थियो । इन्टेल र टीएसएमसी लगायत मूलधारका चिप उत्पादक कम्पनीहरुले केही वर्षभित्र नै अल्ट्रा-लो नानोमिटर चिप प्लान्ट बनाउने घोषणा गरिसकेका छन् ।

कम्प्युटर चिपको विश्वव्यापी अभाव भइरहँदा यो खबर सार्वजनिक भएको हो । कम्प्युटर पार्ट्सको अभावमा कार निर्माता कम्पनीहरुले कार उत्पादन रोक्नुपर्ने अवस्था आएको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC