site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
दीपक मनाङे भन्छन्– भनेको भन्दा एक दिन बढी मन्त्री भएँ, फिल्म हेर्दैछु
Sarbottam CementSarbottam Cement

पोखरा । पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पदबाट राजीनामासँगै गत वैशाख १६ गते सपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि पद गएको छ । उनी ११ दिन मन्त्री बने । तर, मुख्यमन्त्रीको राजीनामाबारे उनले अनभिज्ञता प्रकट गरे ।

राजनीतिक खिचातानीका बीच वैशाख १६ गते उनले सपथ ग्रहण बनेपछि यो सरकार १० दिन पनि नरहन सक्ने टिप्पणी उनले गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ठट्यौलो शैलीमा उनले आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी मन्त्री बनेको बताए । “मैले १० दिन भन्थेँ, ११ दिन भयो । अब जो मान्छे आउँछ उसैले गर्छ नि,” उनले भने ।

मुख्यमन्त्रीले राजीनामा दिएको बारेमा चाहिँ आफूले थाहा नपाएको उनले बताए । मुख्यमन्त्रीले राजीनामा दिनुभयो नि भन्दा उनले, “हो र ?” भन्ने प्रतिप्रश्न गरे ।

Global Ime bank

दिनभरि फोन आएको तर आफू रेष्टमा रहेकोले कसैको फोन नउठाएको उनले बताए । फिल्म हेरेर दिन कटाएको उनको भनाई छ ।

“म घरमै छु, मुभी हेरेर बसेको छु । धेरैले फोन गरेका रहेछन्, मैले फोन पनि उठाइनँ । डाक्टरले रेष्ट गर्न भनेका छन् । मैले फोन पनि उठाएको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC