site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
आइतबार पशुपतिमा जे देखियो (२० तस्बिरमा हेर्नुहाेस्)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएकाे छ । आइतबार पशुपतिस्थित विद्युतीय शव दाहगृह बाहिर निकै भिडभाडको अवस्था देख्न सकिन्थ्यो । पछिल्लो समय मृतकको संख्या ह्वात्तै बढेकाले अहिले विद्युतीय शव दाहगृह प्राङ्गणमा हुने भिडभाडले पनि भयावहको अवस्था जनाउँछ ।

पशुपतिको विद्युतीय शव दाह गृहले थेग्न नसकेका कारण र मेसिन बिग्रन सक्ने भन्दै गत साताको सोमबारदेखि वाग्मती किनारमा अस्थायी रूपमा चिता बनाएर कोभिड–१९ ले मृत्यु भएकाको शव जलाउन थालिएको थियो ।

विद्युतीय शव दाहगृहमा अहिले ३ वटा शव जलाउने मेसिन छन् । जसमा एक मेसिनले दैनिक १२ वटा शव जलाउन सक्छ । तर मेसिनलाई बेलाबेला मर्मत र आरामको आवश्यकता पर्ने हुनाले वैकल्पिक शव जलाउनका लागि वाग्मतीको किनार रोजिएको पशुपति विकास कोषले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मृतककाे संख्या बढेपछि हाल पशुपतिमा मृतकका आफन्तहरूको निकै भिडभाड हुँदा कोरोनाको जोखिम बढेको शव व्यवस्थापनमा खटिएको सेनाले जनाएको छ ।

वाग्मती किनारमा शव जलाउन थालेदेखि शव जलाएको दृश्य हेर्न पनि मान्छेहरुको भिडभाड हुने गरेको छ । आइतबार पशुपतिको विद्युतीय शव दाह गृह क्षेत्रमा देखिएको दृश्यलाई तस्बिरमा हेर्नुहाेस् ।

Global Ime bank

तस्बिरहरू : हरिशजंग क्षेत्री

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC