site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिडको बढ्दो प्रभाव : ओरालो लाग्दै सेयर बजार, नेप्से साढे १८ अंकले घट्दा ६ अर्बको कारोबार
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं  । सातको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से घटेको छ । गत बिहीबार २६३७.१३ अंकमा बन्द भएको बजार परिसूचक नेप्से आइतबार १८.५६ अंकले गिरावट हुँदा २६१८.५६ अंकमा बन्द भएको छ ।

आइतबार प्रि–ओपन सेसनमा नै दोहोरो अंकले बढेर २६५२.५८ अंकमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा उतारचढावबीच २६५२.६० अंकलाई नै उच्च बिन्दु कायम गर्दा २६१३.३२ अंकसम्म झरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड प्रभाव तीव्र हुँदै गर्दा पछिल्लो केही दिनयता सेयर बजार लगातार घट्दो दिशामा देखिएको छ । देशभरको स्वास्थ्य अवस्था विकराल बन्दै गएको र अस्पतामा उपचार पाउन समस्या मुस्किल पर्ने अवस्था देखिदै गर्दा लगानीकर्ताहरुमा पर्खर हेरको अवस्था देखिन्छ । जसले गर्दा आजसम्म लगाातार चौथो दिन नेप्सेमा गिरावट देखिएको छ । केही लगानीकर्ताले यो संकटमा सेयर बेचरे नगदको जोहाे गर्न खोज्दा बजारमा सामान्य गिरावट आएको विश्लेषको बुझाइ छ ।

बजार परिसूचक घटेपनि कारोबार भने ६ अर्बमाथिको भएको छ । आज नेप्सेमा १ करोड २७ लाख २८ हजार  १२५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६७ हजारको कारोबार भएको छ ।

Global Ime bank

नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा परिसूचक पनि ओरालो लागेको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य करेक्सन भएपनि लघुवित्त उपसूचकमा १.७८ प्रतिशत, उत्पादन उपसूचक १.६१ प्रतिशत, व्यापार उपसूचक १.५९ प्रतिशत, अन्य उपसूचक १.३६ प्रतिशत, हाइड्रोपावर उपसूचक १.३१ प्रतिशत र होटेल तथा पर्यटन उपसूचकमा १.२८ प्रतिशतको करेसन भएको छ ।

आइतबार कारोबार रकममा एनसीसी बैंकले लिड गर्दा कुमारी बैंकले पछाएको छ । एनसीसी बैंकको सवार्धिक २८ करोड ८६ लाख ५२ हजार र कुमारी बैंकको २८ करोड ३४ लाख ५५ हजारको कारोबार भएको छ । नेप्सेमा करेक्सन भएपनि समाता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै कर्पोटे डेभलमेन्ट बैंकको सेयर मूल्य ४.६४ प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य  ३.५५ प्रतिशत र बैंक अफ काठमाडौंको सेयर मूल्य २.९५ प्रतिशतले बढेको छ । यस्तै आज महिला लघुवित्त, विकाल बजार कम्पनी सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लगेको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि ७.४४ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका ३२ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC