site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोभिड-१९ को सङ्क्रमण सन् २०१९ को अन्त्यतिर चीनमा सुरु भएको थियो । कोभिड(१९ नाम दिइएको महाव्याधिले केही महिनाभित्रै संसारको सामाजिक तथा आर्थिक गति ठप्प  बनायो  । सङ्क्रमणप्रति गम्भीर भएर रोकथाममा लागेका मुलुक छिटै नै सङ्कट मुक्त पनि भए । 

चीन, ताइवान, दक्षिण कोरिया, जापान, न्युजिल्यान्डका सरकार बेलैमा सङ्क्रमण नियन्त्रण गर्न सफल भए । अर्कातिर, अमेरिका, बेलायत, भारत, फिलिसिन्स, ब्राजिलजस्ता मुलुकमा भने मूलतः शासककै अहङ्कार र हेलचेक्य्राइँका कारण महामारीबाट जनधनको ठूलो क्षति भयो ।

नेपाल पछिल्लो कोटीमा अर्थात् शासकको मूर्खता, स्वार्थ तथा अहङ्कारका कारण महामारीबाट जनताले ठूलो क्षति बेहोर्नु परेका मुलुकको कोटीमा पर्छ । कोभिड-१९ को सङ्क्रमण सुरु हुनै लाग्दा मन्त्रीहरू नेपाललाई ‘कोभिड मुक्त’ देश घोषणा गर्न तल्लीन थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

महामारीको प्रकोपबाट जनजीवन र अर्थतन्त्र बचाउन प्रयत्न गर्नुको साटो प्रधानमन्त्रीले उपहास र कटाक्षमा समय बिताइदिए । स्वास्थ्य सामग्री र उपकरणको खरिद सत्तारुढ दलका नेताको आफन्तलाई अगाडि सारेर अर्बौं रुपियाँ भ्रष्टाचार गरियो । 

जनतामाथि बन्दाबन्दी थोपरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीले अध्यादेशबाट शासन गर्न सुरु गरे । महामारीलाई सम्भवतः प्रधानमन्त्री ओलीले आफ्नो निरङ्कुश शासनको मनसुवा पूरा गर्ने उपयुक्त अवसर ठाने । यसपछि नै सत्तारूढ दलभित्र किचलो सुरु भयो ।

Global Ime bank

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीचको एक वर्षभन्दा लामो किचलो प्रतिनिधि सभाको विघटनमा पुग्यो । विडम्बना, प्रधानमन्त्री ओलीविरुद्ध लागेका सत्तारूढ दलका नेतामध्ये कसैले पनि कहिल्यै महामारीमा जनताले भोगेको कहर र भ्रष्टाचारका विरोधमा भने चुँसम्म पनि गरेनन् ।

उल्टै, प्रधानमन्त्री ओली र उनका विरोधी दुवै पक्ष ‘शक्ति प्रदर्शन’मा लागे । देशभरबाट रमिते भिड जुटाउने होडमा सङ्क्रमण फैलाउने काम गरे । महामारीको दोस्रो लहर र नयाँ प्रजातिको सङ्क्रमण सुरु भएको विज्ञहरूको चेतावनीलाई सरकारका मन्त्रीहरूले नै उपहासको विषय बनाए ।

प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले ‘असंवैधानिक’ ठहर गरी बदर गरिदियो । संसद् सुरु भएपछि कम्तीमा असंवैधानिक कदम उठाउने ओली प्रधानमन्त्रीको पदबाट हट्ने र महामारी रोक्न गम्भीर जनताप्रति उत्तरदायी सरकार बन्ने झिनो आशा नेपालीको मनमा पलाएको थियो । 

परन्तु, न ओलीले नैतिकताका आधारमा राजीनामा दिए न उनका विरोधीले स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्रीलाई हटाउने वैध प्रयत्न नै गरे । अमेरिकामा डोनाल्ड ट्रम्पको हारपछि सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । 

राष्ट्रपति जो बाइडेनको शासनको सयदिनमा २० करोड अमेरिकीलाई कोभिड-१९ विरुद्धको खोप दिइयो । अर्थात्, मूर्ख  गैरजिम्मेवार शासक हटाउन सके जनताले कहरबाट पनि मुक्ति पाउने रहेछन् त । 

विद्यालय बन्द गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आह्वानलाई शिक्षामन्त्रीले कटाक्ष गर्ने, एकातिर, निषेधाज्ञाको आदेश जारी गर्ने र अर्कातिर  प्रधानमन्त्री सरकारी निवासमा जात्रा लगाएर सीतारामको मूर्ति पूजा गर्ने वा पर्यटनमन्त्री तिनै मूर्ति सयौं मोटरको लस्कर लिएर हजारौं जनाको भिड जम्मा गर्ने काममा लागे । 

सीमा नाकामा नियमन, अस्पताल र अरू स्वास्थ्य सामग्री एवं सुविधाको व्यवस्था जस्ता विषय भने सङ्कटका बेलामा पनि सरकारका प्राथमिकतामा परेनन् । प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्नै नभएको धरहरा नामको ‘झिल्के टावर’ उद्घाटन गर्न हतार भयो ।

धेरै ढीला भइसकेको छ । प्रधानमन्त्री ओली र उनको सरकारमात्र हैन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि अपेक्षा गर्ने समय र विषय सायद अब बाँकी रहेन । यसैले थप अकल्पनीय अनिष्ट रोक्नका लागि राजनीतिक दलका नेताहरू तत्काल गम्भीर बन्नुपर्छ । ‘आगलागी झुपडी डेढघडी भद्रा’ नहोस् ! 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC