site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोनाभाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि १०० अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।

बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपालमा कोभिड–१९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहँुदै पनि कोरोनाभाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिए ।

संघका उपाध्यक्ष डा. बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए । संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे ।

Global Ime bank

संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले संघ अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिए ।

बैठकमा वक्ताले कोभिड–१९ विरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट र स्वास्थ्य जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC