site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा भड्काउ जीवनशैली अपनाउने कम्युनिस्ट पार्टीका नेतामाथि कारबाही
तस्बिर : विकिपिडिया ।
Sarbottam CementSarbottam Cement

बेइजिङ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।

यस वर्षको सुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्येक १० वटा मुद्दामध्ये नौवटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।

प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लंघनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिभल, ड्रागन बोट फेस्टिभल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लंघन भएको पाइएको छ ।

Global Ime bank

आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड, सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC