site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अक्सिजन सिलिन्डरका लागि आह्वान गरिएको टेन्डरमा कसैले भाग लिएन, दातृ निकायकै भर ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव भएपछि आह्वान गरिएको टेन्डरमा कसैले पनि सहभागिता जनाएन । अक्सिजन सिलिन्डरको आयातका लागि आह्वान गरेको टेन्डरमा कसैको पनि आवेदन नपरेपछि सरकारले पुनः टेन्डर आह्वान गर्ने तयारी सुरु गरेको छ ।

टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले छिमेकी मुलुक चीन र दातृ निकाय युनिसेफसँग सहयोगका लागि आग्रह गरेको छ । युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५०० सिलिन्डर छिट्टै आउने मन्त्रालयलेको दाबी छ । 

मन्त्रालयले युनिसेफलाई सिलिन्डरको व्यवस्थापन गरिदिन आग्रह गरेको छ । युनिसेफले पनि चीनबाटै ल्याएर सिलिन्डर उपलब्ध गराउने तयारी गरिरहेको छ । 

Global Ime bank

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशकसँग तत्काल आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC