site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड विरुद्धको खोप आयातमा निजी क्षेत्रको ‘इन्ट्री’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोपका लागि सरकारले तीनवटा निजी आयातकर्तालाई आयात अनुमति दिएको छ ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आयातका लागि हुकुम डिस्ट्रब्यिुट्र्स र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपका लागि इम्राल्ड डिस्ट्रिब्युटर्सलाई बुधबार आयात अनुमति दिएको थियो । 

विभागले रुसको स्पुतनिक भी खोप आयातका लागि लोमस फर्मालाई शुक्रबार आयात अनुमति दिएको जनाएको छ । यी तीन कम्पनीले अनुमति पाएसँगै यसअघि सरकारले जीटूजी प्रक्रियाबाट मात्रै आयात गरेको खोप अब निजी क्षेत्रबाट पनि आउने भएको छ । 

Agni Group

यसअघि कति खोप कहाँबाट आयो ?

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिड १९ विरुद्धको पहिलो खोप कोभिसिल्ड माघ ८ गते नेपाल ल्याइएको थियो ।

Global Ime bank

भारतको सिरम इन्टिच्युट अफ इन्डियासँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्नेगरी रकम भुक्तानी गरिएको थियो ।

फागुन ९ गते सिरमले नेपाललाई नेपाललाई १० लाख डोज पठाएको थियो । नेपाल सरकारले सिरमलाई २० लाख डोजको शत प्रतिशत शुल्क भुक्तानी गरिसकेको भए पनि थप १० लाख डोज खोप अहिलेसम्म पठाएको छैन । 

सिरमले आफ्नो कम्पनीमा आगलागी भएको र क्षमता विस्तारमा अवरोध भएकाले थप खोप पठाउन नसकेको र कम्पनीको उत्पादन क्षमता विस्तार हुनेबित्तिकै पठाउने जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअनतरत् नेपालले २२ लाख ५६ हजार डोज खोप निःशुल्क पाउनेछ । जसअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइसकेको छ । 

त्यसैगरी गत चैत १६ गते चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । योसहित नेपालमा अहिलेसम्म कोभिड–१९ विरुद्धको ३१ लाख ४८ हजार डोज खोप आइसकेको छ । 

कसले कति पाए खोप ?

पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, शव बहान तथा एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेवक, वृद्धाश्रममा खटिएका कर्मचारी तथा सञ्चारकर्मीलाई गरी ४ लाख २९ हजार ७०५ जनालाई खोप दिइएको थियो ।

जसमध्ये ३ लाख ६२ हजार १ जनाले दुवै डोज खोप लिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

दोस्रो चरणको खोप अभियानअन्तर्गत ज्येष्ठ नागरिक र सार्वजनिक सेवा प्रदायक, कर्मचारी शिक्षक लगायतलाई दिइएको थियो ।

चीनबाट ल्याइएको भेरोसेल खोप भने चीन जान लागेका, चीनमा अध्ययन गरिरहेका र कोभिड संक्रमणका कारण बीचमा नै नेपाल फर्किएका चीनमा आवतजावत गर्ने व्यापारी, नेपालमा व्यापार व्यावसयामा संलग्न व्यक्तिहरू तथा सर्वसाधारणलाई दिइएको थियो ।

यो सबै गरी नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

खोपमा निजी क्षेत्रका आयातकर्ता कसरी ल्याइयो ?

सरकारले कोभिड–१९ विरुद्धको खोप आयातका लागि सुरुवातदेखि नै निजी क्षेत्रलाईसमेत अनुमति दिइने जनाउँदै आएको थियो । यही प्रावधानअनुसार गत चैत २ गते औषधि व्यवस्था विभागले सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप आयातका लागि इच्छुक तथा योग्य कम्पनीहरूलाई अनुमितका लागि दर्ता हुन आह्वान गरेको थियो । 

सबै शुल्क कटाएर बढीमा १० प्रतिशत मुनाफा राख्न पाउनेगरी निजी क्षेत्रले खोप ल्याउन पाउने सूचनामा उल्लेख छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने निजी क्षेत्रले आयात गरेको खोप सरकारले नकिन्ने अभिव्यक्ति दिँदै आएका थिए ।

“हामीले खोप लगाउने सूचीमा परेका आधारभूत नागरिकलाई निशुल्क खोप उपलब्ध गराउँछौँ,” मन्त्री त्रिपाठीले यही प्रतिवद्धता पटक–पटक दोहोर्‍याउँदै आएका थिए । 

सरकारको तथ्यांकमा नेपालको ७२ प्रतिशत जनसंख्या कोभिड–१९ विरुद्धको खोप लगाउने सूचीमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC