राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठक कोभिडको विषयमा केन्द्रित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अक्सिजन आपूर्तिलाई व्यवस्थित गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
“आजको बैठक मूलतः कोभिड रोकथाम, नियन्त्रणमै केन्द्रित रह्यो । खासगरी अक्सिजन आपूर्तिलाई कसरी सहज, व्यस्थित बनाउने भन्नेबारे छलफल भयो । लुकाइएको सिलिन्डर खोजी गर्ने, त्यसको न्यायोचित वितरण गर्नेबारे छलफल भयो,” उनले भने ।
आजको बैठकले नचलेको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनेबारे पनि छलफल गरेको उनको भनाइ थियो । “यहाँ उपलब्ध नभएका औषधि, उपकरण आदि बाहिरबाट आयात गर्ने विषयमा नै छलफल भयो,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ २०:२६
प्रतिक्रिया दिनुहोस्