बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पूर्वी अफगानिस्तानमा तालिवान लडाकुको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख २३, २०७८
Laxmi Bank
Laxmi Bank

काबुल,अफगानिस्तान । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तीमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् । 

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले सिन्ह्वासँग बताए । उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए । 

Duber nepal

Agani Group

छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले उनीहरूको सुरक्षा चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको टोलो न्यूज नामक स्थानीय टेलीभिजनले समाचारमा उल्लेख गरेको छ ।  

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ ।

संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाले देश छोडेर जाने क्रममा युद्धले घेरिएको अफगानिस्तानमा हिंसा फैलिएको छ। 

अमेरिकाले आफ्नो सेनालाई मे १ मा फिर्ता गर्ने भनेपनि तोकिएको समयमा उक्त कार्य नहुँदा तालिवान  लडाकु समूहले अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीब्र बनाएको छ । 

अमेरिकी ट्रम्प प्रशासनले तालिवान समूहसँग मे १ मा आफ्नो सेना फिर्ता गर्ने बताए पनि वर्तमान् राष्ट्रपतिले सेना फिर्ता गर्ने काम सेप्टेम्बर ११ सम्ममा पूरा गर्नेगरी तयारी गरिएको बताएका छन् । अफगानिस्तानमा तीन हजार ५०० अमेरिकी तथा सात हजार नेटो सैनिक तैनाद गरिएको छ ।  रासस/एएनआई/सिन्ह्वा

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख २३, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्