site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच आधा घण्टा संवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले विवाद निर्णायक मोडमा पुगेका बेला अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच आधा घण्टा कुराकानी भएको छ ।

नक्सालस्थित होटल मेरियटमा अपराह्न साढे चार बजेदेखि भएको कुराकानी ठोस निष्कर्षमा पुगेर नटुंगिए पनि संवाद आरम्भ भएको नेता सुरेन्द्र पाण्डेल बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँले चार बजे भेटौँ भन्नु भएको थियो,” पाण्डेले भने, “भेटमा ठोस प्रस्ताव केही थिएन । उही भेटौँ मात्रै भन्नु भएको थियो । म र गोकर्ण विष्ट गएका थियौँ । हामीले प्रष्ट ढङ्गले हाम्रा कुरा राख्यौँ । उहाँले छलफललाई निरन्तरता दिऔँ भन्नुभयो ।”

पाण्डेले आजको भेटले समस्याको हल नगरे पनि कुराकानी भने आरम्भ भएको बताए । अहिलेको समस्याको समाधानको विन्दु २०७५ जेठ २  नै भएकाले त्यहाँ फर्कन ओली राजी भए निकास निस्कने कुरा दोहोर्‍याएको पाण्डेको भनाइ  छ ।

Global Ime bank

वैशाख २७ को तिथि नजिकिँदै जाँदा राजनीतिक दौडधुप तीव्र बनेको छ । आजै साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल र भीम रावलबीच बूढानीलकण्ठमा संवाद भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC