site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घोराही उपमहानगरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० ओटा अक्सिजन सिलिन्डर दियो
Ghorahi CementGhorahi Cement

दाङ । दाङको घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० ओटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ । कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको खबर सार्वजनिक भएपछि बिहीबार उपमहानगरले ५० ओटा अक्सिजन सिलिन्डर प्रतिष्ठानलाई दिएको हो । 

उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिन्डर हस्तान्तरण गरेकी हुन् । 

Agni Group

उपमहानगरपालिकाले अक्सिजन सहयोग गरेपछि प्रतिष्ठानले थप २५ बेडको अक्सिजनसहितको आईसोलेसन थप गरेको निर्देशक बस्नेतले बताइन् ।

उनकाअनुसार तत्कालै २५ मा १० बेड थप गरेर ३५ ओटा अक्सिजनसहितका बेड बनाइएको छ । यस्तै, उनले १५ ओटा साधारण बेड निर्माण गरिएको बताइन् । 

Global Ime bank

प्रतिष्ठानमा हाल अक्सिजन भएका र नभएका गरी १२० ओटा सिलिन्डर छन् ।

थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आईसीयू तथा भेन्टिलेर सञ्चालन गर्न सकिने प्रतिष्ठानले जानकारी दिएको छ ।

कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि घोराही उपमहानगरपालिकाले पहिलो चरणको १० लाख रकम उपलब्ध गराएको छ । घोराही नगरले प्रतिष्ठानलाई ४५ लाख रुपैंया सहयोग गर्ने निर्णय यअसघि नै गरिसकेको छ ।
हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामी उपचाररत छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC